तुलसीपुर, असार २३ । नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्कासहितका नेताहरु एमालेकै नेतृ तथा राष्ट्रिय सभा सदस्य कोवल वलीको बिरोधमा उत्रिएका छन् ।
दूई दिन अगाडि राष्ट्रिय सभामा वलीले ‘बाँदर’ प्रबृति सम्बन्धि एउटा कबिता सुनाएकी थिइन ।
कबिता बरिष्ठ नेता माधबकुरमा नेपाल प्रति लक्षित रहेको भन्दै उक्त समुहका नेता तथा कार्यकर्ता वलीको बिरोधमा खनिएका हुन ।

आफ्नै गृह जिल्लाका शिर्ष नेताहरु समेत बिरोधमा उत्रिएपछि राष्ट्रिय सभा सदस्य वलीले पनि आफ्नो बचाउ गर्दै आफ्नो कबिता कुनै नेता लक्षित नभएको बताएकी छन् ।
उनले आफ्नो कबिता देश र परिस्थितिको बोली भएको जिकिर गरेकी छन् ।
एमाले दाङका अध्यक्ष खड्काले राष्ट्रिय सभा सदस्य वलीलाई कहिले निरंकुश पञ्चायत, कहिले नेपाली काँग्रेस, कहिले कमल थापा रुपी राप्रपा हुँदै नेकपा एमालेमा आउने वलीको सैली रुखका हाँगाहरु चाल्दै हिड्ने ‘बाँदर’को जस्तो रहेको बताएका छन् ।

नेताले भोगेका कठिन र कठोर दिनहरु तथा बलिदानीले प्राप्त गरेको लोतान्त्रिक गणतन्त्र ल्याउने बीर सपुतहरुलाई होच्याउने अभिब्यक्ति दिएको भन्दै जिल्ला अध्यक्ष खड्काले खेद प्रकट गरेका छन् ।
एमाले दाङकै पूर्व अध्यक्ष जोगबहादुर राना झनै वलीको बिरोधमा निकै तल्ला स्तरका शब्द प्रयोग गरेका छन् । उनले वलीको ब्यक्तिगत जीवन र चारित्र माथि नै प्रश्न उठाएका छन् ।