२०८१ चैत्र ६ गते बुधवार

१३ दिनमै फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

दाङ, असार २२ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

खाना पकाउने ग्यास, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य फेरि बढाइएको छ ।

मूल्य समायोजन भएको १३ दिनमै पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ । असार ९ गते मात्रै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैंयाको दरले बढाइएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैंया पुगेको छ ।

बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने भएको छ।

त्यसैगरी एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पु¥याइएको छ।

अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।

अब प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ।

 

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *