सुर्खेत,असार २२ । कालीकोटको रास्कोट नगरपालिका(७ मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
रास्कोटबाट मान्मा जाँदै गरेको क१ज २३ नम्बरको जिप रोटेकालापानीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।
एसएसपी चन्दका अनुसार दुर्घटनामा परी रास्कोट नगरपालिका –३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । मंगलबार बिहान भएको दुर्घटनामा अन्य ४ जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
जिपमा १४ जना यात्रु सवार थिए ।
घटनास्थलबाट घाइतेहरुको उद्धार गरी सामान्य उपचारपछि घर पठाइसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी भिरालो र चिप्लो बाटोका कारण सडक छेउमा पल्टिएको थियो ।
प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार