२०८१ चैत्र ९ गते शनिवार

ढलान भयो, पत्रे खोलोमा भत्किएको कचबे

तस्बिर – देबराज भण्डारी

तुलसीपुर, असार २० । पत्रे खोलाको भत्किएको कचबे आइतबार ढलान गरिएको छ । जसका लागि तुलसीपुर– घोराही सडक खण्ड आइतबार बिहान ८ बजेदेखि बन्द गरिएको छ ।

सार्वजनिक सूचना जारी गरि अब सडक खण्ड २२ गते राति १० बजेपछि मात्रै खोलिने जानकारी भएको छ ।

पत्रे खोलामा कचबे भत्किएको ब्यापक गुनासो पछि प्रमुख जिल्ला अधिकारी रुपमा रामबहादुर कुरुम्बाङ सुरुवा भएर आएकै दिन पत्रे खोला निरक्षण गर्न आएका थिए ।

सडक कार्यालयका कर्मचारी सहित निरिक्षण गर्न गएका कुरुम्बाङले सोही दिन तत्काल पत्रे खोलामा भत्किएको कचबे निर्माण गर्न निर्देशन दिएका थिए ।

पत्रे खोलाको कचबे भत्किदा मुख्यगरि साना सवारी साधन चालकले पाउनु सास्ति पाएका थिए । सानो बाढी आउँदा समेत यातायातका साधन सञ्चालन हुन सक्दैन थिए ।

माटेरसाईकल डो¥याएर तारिदीने स्थानीय युवकहरुले उनीहरुबाट ५० रुपैंयादेखि दूई अढाई सय रुपैंयासम्म असुशल्दै आएका थिए ।

पत्रे खोलामा ६ बर्षदेखि निर्माणाधिन पुल अझैं निर्माण पुरा भइ सकेको छैन ।

 

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *