२०८१ चैत्र १४ गते बिहिवार

नेपाललाई प्रधानमन्त्री बनाउन के मलाई बुहला कुकुरले टोकेको छ र ? प्रधानमन्त्री ओली

काठमाडौं,असार १४ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रोस पोखेका छन् ।

मदन भण्डारी ७० औं जन्मजयन्तीको अवसरमा सामेबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले नेपाललाई प्रधानमन्त्री प्रस्ताब गर्नका लागि आफुलाई बहुला कुकुरले नटोकेको बताए ।

‘आफै धाक के लगाएर हिंडेका छन, भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो । मलाई बहुला कुकुरले टोकेको छ र ?,’ ओलीले भने,‘ अरु कोही नपाएर केपी ओलीले त्यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव राख्ला ? एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन ।’ केही दिन पहिले मात्रै बरिष्ठ नेता नेपालले आफूलाई प्रधानमन्त्री बन्न अफर आइसकेको भनाई राखेका थिए ।

त्यसैको जबाफ ओलीले ब्यक्त गरेका हुन । उनले नेता नेपाललाई कांग्रेसको पछाडि कुद्ने मान्छेको संज्ञा दिए ।

ओलीले नपाललाई भने ‘कम्युनिस्टको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कौतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने । यस्तो लाज–सरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले होइन, नकारात्मक हिसाबले हुन्छ ।’ त्यस्तै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को पनि तुच्छ रुपमा आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डलाई छेपारोको संज्ञा दिदै छेपारोले झैं रंग फेर्ने गरेको दोषारोपन गरे ।

‘उनले राष्ट्रपतिभन्दा राजा नै राम्रो भने पछि मानिसहरु छक्क परेका छन, किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त । खैरोखैरो मुढामा गयो भने खैरो रंग बनाउँछ । हरियोमा गयो भने हरियो हरियो रंग बनाउँछ । अलि कालोकालो बोक्रो भएकामा पुग्यो भने कालोकालो बनाउँछ ।’ ओलीले भने ‘ कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ ।

कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन, किन हस्ताक्षेप गर्दैन भन्छ, कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ, कहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्न पुग्छ,कहिले राष्ट्रपतिभन्दा राजा नै ठीक भन्छ ।’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई विदेशबाट हतियार ल्याएर नेपाली जनताको नरसंहार गरेको आरोप पनि लगाए ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रचण्ड पथको मार्गदर्शन सिद्धान्त अंगालेको आरोप लगाए । ओलीले भने ‘कांग्रेसका नेताहरु नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं बन्छु भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

उनले प्रचण्डपथको चर्चा सवच्र्चौ अदालतमा समेत खुल्लम खुल्ला भएको प्रति अनुसन्तुष्टि पोखे । ‘फ्रान्स र बेलायतका राजाहरु किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेजस्तै गर्दा रहेछन र पो त काटिंदा रहेछन,’ ओलीले भने ‘अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले सर्वौच्चमै भनेका हुन नि ।’ ओलीले अदालतमा हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्तिमा आउँदा पनि न्यायाधीशहरुले रोक्न नसकेको भन्दै अनसन्तुष्टि पोखे ।

 

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *