२०८१ असार ३ गते आइतवार

११ महिनामा १९ करोड बढी राजश्व सकंलन

घरजग्गा रजिष्टे«शन दस्तुरबाट सबैभन्दा बढी उठ्यो

तुलसीपुर, ७ असार । तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १९ करोड बढी राजश्व सकंलन गरेको छ ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को साउन १ गते देखि जेठ मसान्तसम्ममा १९ करोड ४५ लाख ७८ हजार ४ सय ५३ रुपैया ४१ पैसा राजश्व सकंलन भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ ।

कार्यालयका वरिष्ठ वित्तीय अधिकृत,राजश्व शाखा प्रमुख भिम खत्रीका अनुसार एकिकृतसम्पत्ती करबाट १ करोड ५७ लाख २३ हजार ६९ रुपैया ७५ पैसा राजश्व सकंलन भएको छ ।

त्यस्तै मालपोत तथा भुमिकरबाट १ करोड ४४ लाख ४९ हजार १ सय ५१ रुपैया ५० पैसा,घरजग्गा रजिष्ट्रेशन दस्तुर करबाट ७ करोड ५१ लाख ४३ हजार ३ सय ५१ रुपैया,घरवहाल करबाट १ करोड २९ लाख १६ हजार ३ सय ४५ रुपैया ४० पैसा,बहाल विटौरी करबाट २ लाख ८७ हजार ८ सय ५ रुपैया,पुर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट १४ लाख ४९ हजार २ सय रुपैया राजश्व सकंलन भएको राजश्व शाखा प्रमुख खत्रीले जानकारी दिए ।

त्यस्तै व्यवसाय रजिष्टे«शन दस्तुरबाट ७९ लाख ७७ हजार ३१ रुपैया,अन्य करबाट १० लाख ४६ हजार ३ सय ४ रुपैया,नदिजन्य ढुङ्गा वालुवा करबाट १ करोड ४१ लाख ५१ हजार ६ सय ८७ रुपैया,अन्य सेवा शुल्कबाट १२ लाख ६५ हजार ९ सय ६१ रुपैया,नक्सापास दस्तुरबाट १ करोड २९ लाख ९२ हजार ६ सय ९ रुपैया ५१ पैसा राजश्व सकंलन भएको छ ।

त्यस्तै सिफारिश दस्तुरबाट २ करोड ९५ लाख ४४ हजार ५ सय २७ रुपैया २५ पैसा,व्यक्तीगत घटना दर्ता दस्तुरबाट ४ लाख १८ हजार २ सय ६९ रुपैया,अन्य दस्तुरबाट ८४ लाख १ हजार ३ सय ३० रुपैया,न्यायीक दण्ड,जरिवाना र जफतबाट १२ लाख ३९ हजार ६७ रुपैया,प्रशासनिक दण्ड,जरिवाना र जफतबाट २४ लाख ३१ हजार २ सय ९ रुपैया,अन्य राजश्वबाट २ लाख २ हजार ५ सय २६ रुपैया र बेरुजु करबाट ८९ हजार ६ सय १० रुपैया राजश्व संकलन भएको राजश्व शाखा प्रमुख भिम खत्रीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७÷०७८ मा ३० करोड राजश्व सकंलन गर्ने लक्ष्य राखेको भएपनि ढुगाँ,गिट्टी बालुवाको टेण्डर नपरेकाले सोचे अनुरुप राजश्व संकलन हुन नसकेको खत्रीले बताए ।

यस वर्ष ३० करोड राजश्व सकंलन गर्ने लक्ष्य थियो,राजश्व बढी उठ्ने समयमा कोभिडका कारण लकडाउन भयो,खत्रीले भने,यस बिचमा ढ्गां,गिट्टी बालुवाको टेण्डर पनि गएन,त्यसैले राजश्व सकंलनमा कमी आएको हो ।

शाखा प्रमुख खत्रीका अनुसार जेठ मसान्तसम्म १९ करोड ४५ लाख ७८ हजार ४ सय ५३ रुपैया ४१ पैसा राजश्व सकंलन मध्ये घरजग्गा रजिष्टे«शन दस्तुरबाट सबैभन्दा बढी राजश्व उठेको छ ।

त्यस्तै गत वर्ष २०७६÷०७७ मा २५ करोड राजश्व सकंलन गर्ने लक्ष्य राखिएको भएपनि १८ करोड २७ लाख ९४ हजार ८ सय २८ रुपैया ७९ पैसा राजश्व सकंलन भएको थियो ।

 

 

प्रकाशित मिति : २०७८ असार ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *