गुल्मी,असार १ । बर्षाले घर भत्किदा इस्मा गाउँपालिका ५ मैदानमा एक जना घाइते भएका छन ।
दुई दिनदेखिको अविरल बर्षाले राजेश परियारको निर्माणाधिन घर भत्किएपछी उनकी श्रीमती जानुका परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए ।
घर भित्र पुरिएकी परियारको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ ।
त्यस्तै इस्मा १ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले भत्किएको छ । तर मानवीय क्षती भने भएको छैन ।
अत्यधिक बर्षा भइरहेकाले जिल्लाका अधिकाश सडक अवरुद्ध भएका छन ।
प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार