२०८३ असार २७ गते शनिवार

किशोरीमाथि बलात्कार प्रयास गर्ने रोल्पाको रुन्टीगढी इन्जिनियर पौडेल पक्राउ

पहलमान घर्ती, रोल्पा, जेठ २२ । पानी धारामा नुहाउन गएका किशोरी माथि हातपात गर्दै जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर पक्राउ परेका छन ।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएका किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी जवरजस्ती करणी गर्न खोजेको भन्दै पीडित किशोरीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन ।

पीतिड पक्षको उजुरीका आधारमा जवरजस्ती करणी उद्योग अन्तरगत पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले बताए ।

किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनिरल वाटरको बोटल बोकेर पानी भर्ने निहुँमा धारमा गएका थिए ।

त्यसपछि उनले दिनदहाडै धारामा नुहाउँदै गरेका किशोरीलाई जवरजस्ती करण गर्न खोजेको आरोप पीडित पक्षको छ ।

 

ती किशोरीलाई इन्जिनियरले पहिलेदेखि नै पछ्याउँदै आएका थिए ।

विभिन्न बाहनामा बल्यकमेलिङ गर्ने गरेको समेत पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारले इन्जियनियरले बेला बेलामा किशोरीको फेसबुक आइडी समेत माग्ने गरेको थिए ।

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *