२०८१ चैत्र ६ गते बुधवार

सल्यान र रोल्पामा अक्सिजन प्लान्ट स्थापना गर्न स्वीकृति प्रदान 

काठमाडौं, जेठ २२ । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा पदबहाली पछि रोल्पा र सल्यान जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि स्वीकृति प्रदान गरेका छन् ।

शुक्रबार बेलुका पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका हुन ।

 

सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैंया बजेट छुट्याइएको छ ।

त्यसका साथै उनले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् ।

एनले कोभिड पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामथ्र्य लगाउने बताएका छन् ।

 

कोभिडले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउन अभिभारालाई पुरा गर्ने उनले बताएका छन् ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *