दाङ, पुस ७ ।
दाङमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा परी मृत्यु भएका २२ जनामध्ये पाँचजनाको सनाखत भएको छ । दुर्घटनामा परी दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी घोराही उपमहानगरपालिका वडा नम्बर. १४ निवासी १७ बर्षीय विजय जिएम, उक्त शिक्षालयका शिक्षकहरु दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षीय प्रदिप घिमिरे र पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नम्बर ६ निवासी २८ बर्षीय नरेश वलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमहादुर शाहीले जानकारी दिए ।
त्यस्तै दुर्घटनामा परी बसका चालक दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासी ३२ बर्षीय मदन केसीको पनि मृत्यु भएको ईप्रका तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए । त्यस्तै दंगीशरण गाउँपालिका निवासी ३० बर्षीय सञ्जित रत्गैयाको मृत्यु भएको भएपनि चौधरीको बारेमा थप जानकारी हुन नसकेको शाहीले जानकारी दिए ।
डिएसपी शाहीले शनिवार बिहान ८ बजेसम्म पाँचजनाको मात्रै सनाखत हुन सकेको र अन्य १७ जना मृतकको सनाखत हुन बाँकी रहेको जानकारी दिएका हुन । उनले सबैको सनाखत गर्न शनिबार दिनभर लाग्ने जानकारी दिए । अन्य १७ जना मृतकको शव राप्ती अञ्चल अस्पताल तुलसीपुुरको शव गृहमा राखिएको छ । २२ जना मृतकमध्ये ४ महिला र १८ पुरुष रहेका छन् । यो खवर तयार पार्दासम्म महिला कसैको पनि सनाखत हुन सकेको छैन ।
बसमा शिक्षालयका ३४ जना विद्यार्थी, २ जना शिक्षक र १ जना चालक गरी ३७ जना यात्रारत रहेको प्रहरीले जानकारी दिएको छ । सल्यानको अवलोकन भ्रमणबाट आउँदै गरेको विद्यार्थी र शिक्षक सवार बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार दिउँसो साढे ४ बजेरित तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ को राम्री र हर्नेटी भन्ने स्थानको बीच भागको जंगलमा दुर्घटनामा परेको थियो ।
त्यसमा परि २२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घटनास्थलमै २१ जनाको र एकजनाको राप्ती अंचल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
सबै घाइतेको रेफर
१५ जना घाइते मध्ये सबैलाई शुक्रबार राति नै राप्ती अञ्चल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाका १५ जना घाइतेहरुको नाम र ठेगाना
उक्त बस दुर्घटनामा परि घाइते भएका १५ जना मध्य १० जना पुरुष र ५ जना महिला रहेका छन् ।
१) जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ बर्षीया छात्रा मिहाली हमाल
२) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय कुसेन्द्र खत्री
३) दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी १७ बर्षीया समिक्षा रोकाया
४) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. १८ निवासी विक्रम भण्डारी
५) रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय प्रेमबहादुर खड्का
६) दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ स्यूजा निवासी १७ बर्षीया मुनुका रिजाल
७) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. २ निवासी १७ बर्षीय जीवन भण्डारी
८) जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ४ निवासी १६ बर्षीया पर्शा रोकाया
९) अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ बर्षीय युवराज ढुँगाना
१०) रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीया रोजिना पुन
११) दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी १८ बर्षीय संजय खनाल
१२) रुकुम जिल्लाको अर्मा निवासी १९ बर्षीय राजन डाँगी
१३) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ निवासी १६ बर्षीय भद्र विष्ट
१४) रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली
१५) नाम थर नखुलेको अन्दाजी १६÷१७ बर्षीय पुरुष व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस
बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो
अपडेट : राम्रीमा बस दुर्घटना (फोटोफिचर)
राम्रीमा स्कुल बस दुर्घटना, १० जनाको मृत्यु
राम्रीमा स्कुल बस दुर्घटना, ९ जनाको मृत्यु