२०८१ बैशाख ७ गते शुक्रवार

बस दुर्घटनामा मृतकको संख्या २२ पुग्यो

१५ जना घाइते मध्य १४ जना बाँके रेफर

राजेश खत्री
राम्री, पुस ६ ।

दाङमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

घटनास्थलमा ामा २१ जनाको शव फेला परेको छ भने अस्पतालमा एकजनाको मृत्यु भएको छ । घटनास्थल बाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले २१ जनाको शब घटनास्थलमा फेला पारेको जानकारी दिए । शाहीले खोजी कार्य जारी रहेको हुँदा त्यो संख्या थपिन सक्ने आशंका व्यक्त गरे । घटनास्थलमा फेला परेको शव मध्य महिलाको संख्या ५÷६ जनाजति रहेको बताए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्री र हर्नेटी भन्ने स्थानको बीचमा बा ४ ख ९७६६ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा अधिकाँस विद्यार्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाका घाइते मध्य एकजनाको भने राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ । प्रदेश प्रहरी प्रवक्ता तथा डिएसपी पुष्पराज मल्ले अस्पतालमा मृत्यु भएका व्यक्तिको समेत सनाखत हुन नसकेको बताए ।

१५ जना घाइते मध्य १४ जनाको अवस्था गम्भीर रहेको हुँदा उनीहरु सबैलाई राप्ती अंचल अस्पताल तुलसीपुरको प्रारम्भिक उपचारक पछि थप उपचारको लागि बाँके तर्फ पठाइएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बेलुका ९ बजेसम्म मृतक कसैको पनि सनाखद हुन नसकेको डिएसपी शाहीले जानकारी दिए । उद्धार कार्य जारी रहेको हुँदा कम्तिमा पनि रातको १२ बजेसम्म उद्धार चल्न सक्ने ईप्रका तुलसीपुरका प्रमुख शाहीले जानकारी दिए ।

दुर्घटनाका १५ जना घाइतेहरुको नाम र ठेगाना

उक्त बस दुर्घटनामा परि घाइते भएका १५ जना मध्य १० जना पुरुष र ५ जना महिला रहेका छन् । घाइते मध्य ९ जनालाई राप्ती अंचल अस्पतालको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके तर्फ रेफर गरिएको छ ।

१) जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. १४ निवासी १८ बर्षीया छात्रा मिहाली हमाल (राप्ती अंचल अस्पतालमा उपचार जारी)

अरु सबै घाइते बाँके रफेर

२) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय कुसेन्द्र खत्री

३) दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ रतनपुर निवासी १७ बर्षीया समिक्षा रोकाया

४) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. १८ निवासी विक्रम भण्डारी

५) रुकुम जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीय प्रेमबहादुर खड्का

६) दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ स्यूजा निवासी १७ बर्षीया मुनुका रिजाल

७) जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. २ निवासी १७ बर्षीय जीवन भण्डारी

८) जुम्लाको जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ४ निवासी १६ बर्षीया पर्शा रोकाया

९) अछाम जिल्लाको मंगलसेन नगरपालिका निवासी १९ बर्षीय युवराज ढुँगाना

१०) रुकुम जिल्लाको सानोभेरी गाउँपालिका वडा नं. ३ निवासी १६ बर्षीया रोजिना पुन

११) दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी १८ बर्षीय संजय खनाल

१२) रुकुम जिल्लाको अर्मा निवासी १९ बर्षीय राजन डाँगी

१३) अछाम जिल्लाको मंगलसेन नगरपालिका वडा नं. ५ निवासी १६ बर्षीय भद्र विष्ट

१४) रोल्पा जिल्ला निवासी १७ बर्षीय प्रकाश वली र

१५) नाम थर नखुलेको अन्दाजी १६÷१७ बर्षीय पुरुष व्यक्ति घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस 

अपडेट : राम्रीमा बस दुर्घटना (फोटोफिचर)

राम्रीमा स्कुल बस दुर्घटना, १० जनाको मृत्यु

राम्रीमा स्कुल बस दुर्घटना, ९ जनाको मृत्यु

 

 

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *