२०७७ मङ्सिर १० गते बुधवार

राम्रीमा स्कुल बस दुर्घटना, १० जनाको मृत्यु

तुलसीपुर, ६ पुस ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राम्रीमा बस दुर्घटना भएको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ । घटनास्थलमा १ जना महिला, ९ जना पुरुषको लास फेला परेको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय घोराहीको बा ४ ख ९७६६ नम्बरको बस सल्यानको कपुरकोट स्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा बेलुका करिब ५ बजे दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार अहिले प्रहरी घटना स्थलमा पुगेको र उद्धारको काम जारी रहेको छ ।

प्रकाशित मिति : २०७५ पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *