२०८१ चैत्र ९ गते शनिवार

दाङमा आगामी २५ गते सम्म लकडाउन थपियो

दाङ,जेठ १४ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गएको बैशाख १७ गते देखी जारी लकडाउन दाङमा जेठ २५ गते सम्म लम्ब्याईएको छ ।

दोस्रो पटक थप गरिएको लकडाउनको समय भोली सकिदै थियो ।

कोरोना संकट व्यवस्थापन समितिको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले थप १० दिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना संक्रमण र मृत्युको दर घट्दै गएको तर स्वास्थ्य सुरक्षा र लकडाउनेको पालना अझै पूर्णरुपले गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।

बैठकले सातामा दुई दिन बिहान एक घण्टा खुल्दै आएको खाद्यान्नका पसल अब देखी दैनिक बिहान ६ देखी ८ बजे सम्म खुल्ला गर्ने निर्णय गरेको छ ।

तर भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षामा भने पसल धनी र उपभोक्ताले बिषेश ध्यान दिनु पर्ने भनिएको छ ।

त्यसैगरी, बैंकहरुलाई यस अघिकै निर्णय र बार अनुसार खोल्ने तर समय भने थप गरि १० देखी २ बजे सम्म खोल्न दिने निर्णय भएको छ ।

निर्माण सामाग्रि बिक्रिका लागि बेलुका ६ बजे देखी राती ९ बजेसम्म, निर्माण सामाग्रि ढुंगा, गिट्टी र बालुवा ढुवानी भने विहान ६ देखी साँझ ६ बजे सम्मको समय निर्धारण गरिएको बैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए ।

त्यसैगरी, सिमेन्ट उद्योगको चुन ढुंगा ढुवानीका लागि घोराही सिमेन्ट उद्योगले बेलुका ५ देखी राती १२ बजे सम्म र सोनापुर सिमेन्ट उद्योगले विहान ९ देखी बेलुका ७ बजे सम्म समय निर्धारण गरिएको छ ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *