२०८१ चैत्र ३ गते आइतवार

दाङमा नेविसंघका नेताहरुको परोपकारी कर्म – संक्रमित र स्वास्थ्यकर्मीलाई निशुल्क पोशिलो खाजा खुवाउँदै 

दाङ, जेठ ६ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघमा नेताहरुले दाङमा परोपकारी कार्य गरिरहेका छन् ।

नेविसंघका पूर्व क्षेत्रीय सभापति तिलक रावत यतिखेर बिरामी र स्वास्थ्यकर्मीका लागि अस्पतालहरुमा निशुल्क पोशिलो खाजा र खाना पु¥याउन ब्यस्त छन् ।

कोभिड – १९ को महामारीले मानिस–मानिस संग डराउनु पर्ने अवस्था छ । स्थानीय प्रशासनले जिल्ला भर बैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

मानिसहरु घर बाहिर निस्कन पनि डराई रहेको समयमा आफ्नो जिउज्यानको समेत प्रवाह नगरी नेविसंघका नेताहरु संक्रमितको घर मानिने अस्पतालमा मानविय नाताले सेवा गरिरहेका छन् ।

महामारीको समयमा त्यसबिरुद्ध लडिरहेका स्वास्थ्यकर्मी र बिरामीको मनोबल बढाउन साथी भाइसंग मिलेर त्यसैगरी निशुल्क रुपमा पोशिलो खाजा र खाना खुवाउन घोराहीकै नेविसंघका अर्का नेता कुलराज पोखरेलपनि खटिदै आएका छन् ।

जस्ले कोरोना बिशेष अस्पताल बेलझुण्डी र लमही अस्पतालको आइसोलेसनमा रहेका बिरामीलाई दैनिक रुपमा पौष्टिक आहार निशुल्क रुपमा खुवाउँदै आएका छन् ।

यो टिमको नेतृत्व घोराहीका युवा सञ्जिव पछाँईले गरेका छन् । पछाँईको संयोजकत्वमा गठिन युवाहरुको उक्त समुहले पनि बिगत दुई हप्ता दिनदेखि नियमित रुपमा बिरामीलाई पौष्टिक आहार निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

यो सबै गर्न उनीहरुले आफ्ना नीजि गाडी प्रयोग गरेका छन् । स्थानीय सहयोगीहरु संग जिन्सि सामाग्री मात्रै लिने गर्छन । बिदेशबाट कसैले सहयोग पठाउन चाहेको खण्डमा भने पैंशा पनि लिने गरेको अभियानका आर्थिक संयोजक कुलराज पोखरेलले बताए ।

त्यस्तै जिल्लाकै दंगिशरण गाउँपालिकामा पनि नेविसंघका युवाहरु त्यसैगरी परोपकारी कार्य गर्दै आएका छन् ।

‘भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरु बढी पबित्र हुन्छन’ भन्ने अभियानका साथ कोरोना महामारीको कठिन सयमा बिरामीलाई पौष्टिक खाना खुवाउने अभियानमा लागेको अभियानका अध्यक्ष राघब देबकोटाले जानकारी दिए ।

उनीहरुले दंगिशरण गाउँपालिकाको आइसुलेनमा रहेका सन्क्रमितलाई खाना खुवाउन ‘एक हजार हाम्रो अभियान’को थालनी गरिएको अर्का एक अभियान्ता प्रमोद आचार्यले बताए ।

नेपाल बिद्यार्थी संघका साथीहरु मिलेर आफैं स्रोत साधन संकलन गरि जुटाउने र आफैं खाना पकाएर उनीहरु जिल्लाका बिभिन्न अस्पतालहरुमा पु¥याउँदै आएका छन् ।

हालसम्म खर्चको ब्यबस्थापन उनीहरु आपसमा साथीहरु मिलेर गरिरहेका छन् ।

कसैले दाउरा, कसैले दाल, कसैले मिनरल वाटर, कतैबाट अण्डा सहयोग जुटाउने गरिएको नेविसंघका नेता तिलक रावतले बताए ।

उनीहरुले कुनैपनि अस्पतालमा खाजा र खाना पु¥याउनु भन्दा पहिला उक्त आइसोलेनसमा सम्पर्क गरि बिरामी तथा स्वास्थ्यकर्मीको संख्या बुझेर सोही आधारमा पु¥याउने गरेको बताए ।

युवाहरुले आफुहरु संग भएका चिज बस्तुहरु र रकम संकलन गरेर बिरामीलाई खाजा खाना खुवाउँदै आएको देखेर पछिल्लो समय उनीहरुलाई बिभिन्न ब्यक्ति बिशेषले पनि सहयोगी हातहरु अगाडि बढाउन थालेको तिकल रावतले बताए ।

 

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *