२०७८ असार १ गते मङ्गलवार

गाउँमै रमाउने,गाउँमै कमाउने हो – तरकारी कृषक बलबहादुर

तुलसीपुर,जेठ १ ।वरिपरी लटरम्म फलेका टमाटर । फुल्दै गरेका हरिया खुसार्नी । त्यसको बीच – बीचमा हुर्कदै गरेका मकै । अर्कौ पाटोमा भोटे लसुन ।

ती सबै रहर लाग्दो गरि हुर्की बढेको देखेर बलबहादुर वली आफै मख्ख छन् । लकडाउनले फुर्सदै फुर्सद छ । तर उनी तरकारी बारीमै व्यस्त छन् । दिन रात फुर्सद छैन । उमेरले ६१ वर्षे वलीलाई भ्याइ नभ्याई छ । उनको मेहनत र लगन देखेर देख्नेहरु पपनि छक्क पर्छन ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी वली विगत ८ वर्षदेखि यसैगरि व्यवसायिक तरकारी खेति गर्र्दै आएका छन् ।यतिखेर उनले तीन कठ्ठा जग्गामा गौरव जातको आठ सय खुसार्नीका विरुवा र आठ सय टमाटरका बिरुवा रोपेका छन् । टमाटर, खुसार्नी मात्रै हैन उनी सिजन अनुसार आलु, लसुन, मेथी, बन्दा गोभी , सिमी लगाएतका तरकारी खेति गर्दै आएका छन् ।

उनलाई तरकारी बेच्न बजार धाउनु पर्दैन । ब्यापारी तरकारी खोज्दै बारीमै आइपुग्छन् ।

‘घरमै सानो तिनो पसल छ,त्यहाँ राख्छौं र केही बारीबाटै बिक्री हुन्छ,’ वलीले भने ‘ आफ्नो जग्गा थोरै भएपनि तरकारी खेतिबाट वार्षिक ३ देखि ४ लाखसम्म आम्दानी हुने गर्छ ।’

तरकारी खेति मात्रै हैन वलीले व्यवसायिक माछापालन पनि गर्दै आएका छन् । विगत ५ वर्षदेखि उनले ब्यबसायिक माछापालन गर्दै आएको बताए ।वली गत वर्ष माछा बेचेर १ लाख बढी आम्दानी गरेको जानकारी दिए । उनले यो बर्ष पनि ८ सय माछाका भुरा राख्ने योजना बनाएका छन् ।

‘गाउँमै रमाउने,गाउँमै कमाउने हो,’ वलीले भने ‘ पैंसा कमाउन सहर नै पस्नु पर्छ, बिदेश नै जानु पर्छ भन्ने सोच सही हैन ।’

सबैले संभावनाको अध्यन गरि आफ्नो गाउँ ठाउँमा कृषि कर्म गर्न सके थुप्रैले अवसर पाउनले उनको विश्वास छ ।

‘युवाहरु गाउँ घरमै बसेर यही बिभिन्न पेशा व्यवसाय गर्न तर्फ लागनु पर्छ,’ उनले भने ‘ त्यसले हामीलाई स्वालम्बि बनाउँछ ।’युवाहरुलाई गाउँमै रमाउने र गाउँमै कमाउने वातावरण निर्माण गर्न राज्यले पनि भूमिका खेल्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *