तुलसीपुर, बैशाख ३० । तुलसीपुर उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष कमल गौतमको निधन भएको छ ।
कोरोना भाइरस संक्रमित गौतमको बुधबार राति मेट्रो हस्पिटल काठमाडौंमा उपचारका क्रममा ४४ बर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गोझेनी निबासी गौतम तुलसीपुर बाणिज्य संघमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिइ सहकोषाध्यक्षमा निर्वाचित भएका थिए ।
गौतमले यसअघि तुलसीपुर अटो भिलेजको नेतृत्वपनि गरेका थिए ।
युवा ब्यबसायी गौतमको निधन प्रति बिभिन्न व्यक्ति र संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।
प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार