२०८१ जेष्ठ १७ गते बिहिवार

माओबादीले समर्थन फिर्ता लिएपछि ओली सरकार अल्पमतमा 

काठमाडौं, बैशाख २२ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

 

माओवादीले समर्थन फिर्तासँगै सरकार अल्पमतमा परेको छ । प्रतिनिधिसभामा माओवादीका ४८ जना सांसद रहेका छन् ।

बुधबार बिहान उस्ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बेहोरोको पत्र संसद सचिवालयमा बुझाएको हो ।

 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन ।

 

मंगलबार मात्रै माओबादीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

 

यअसघि माओबादीको समर्थनमा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका थिए ।

 

सर्बौच्चको फैसला पछि २०७७ फागुन २८ मा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएका थिए।

 

यसैबीच प्रधानमन्त्री ओलीले आगामी वैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरिसकेका छन । जसका लागि संसद बैठक आह्वान भइसकेको छ।

 

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *