२०८१ जेष्ठ १३ गते आइतवार

लमहीबाट जुम्ला जाँदै गरेको टिप्पर कर्णालीमा डुबेर बेपत्ता 

दाङ, वैशाख २२ ।दाङको लमहीबाट जुम्लातर्फ जाँदै गरेको एउटा टिप्पर कर्णाली नदीमा खसेको छ ।

बा ५ ख २१८३ नम्बरको टिप्पर नदीमा डुबेर बेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखले बेपत्ता टिप्पर र चालकको खोजी भइरहेको जानकारी दिएको छ ।

 

चालकको नाम रामसरण सुनार रहेको भन्ने चेक पोष्टको इन्ट्रिबाट खुलेको प्रहरीले जनाएको छ । उक्त टिप्परमा अरु मानिस यात्रारत थिएकी थिएनन् भन्ने कुरा खुली नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार राति साढे ८ बजेतिर कर्णाली राजमार्गअन्तर्गत दैलेख र कालिकोटको सिमानामा पर्ने आठविस नगरपालिका–४ कोटेसल्ला भन्ने ठाउँबाट टिप्पर खसेको थियो ।

 

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *