२०८१ चैत्र १३ गते बुधवार

सोमबारदेखि बाँके जिल्लाभर लकडाउनको घोषणा

दाङ, बैशाख १२ । सोमबारदेखि बाँके जिल्लाभर लकडाउनको घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबारदेखि बैशाख २० गते राति १२ बजेसम्मका लागि लकडाउनको आदेश जारी गरेको हो ।

जिल्लाभर लकडाउन जारी गरिुएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधि गर्न पाइने छैन ।

लकडाउनको उलंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

यसअघि बाँके प्रशासनले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर मात्रै लकडाउन घोषणा गरेको थियो ।

 

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *