२०८१ जेष्ठ १३ गते आइतवार

काँग्रेस सरकारमा गए धर्मका बारेमा जनमत संग्रह गराउनु पर्छ – काँग्रेस महामन्त्री कोइराला

लिलाधर वलि

दाङ, फागुन ४ । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेस सरकारका गएमा धर्मका बारेमा जनमत संग्रह गराउनु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले मंगलबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री कोइरालाले धर्मको विषयमा जनमत संग्रह हुन जरुरी रहेको बताए ।

‘धर्म निरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुन्छ । संविधानमा धर्मलाई निरपेक्ष भनेर उल्लेख गर्नु कमजोरी हो । यो विषयलाई जनतामाझ लिएर जानुपर्दछ’, महामन्त्री कोइरालाले भने, ‘कांग्रेसको सरकार भएमा हामी यो मुद्दालाई उठाउँछौं ।’

उनले अहिले प्रधानमन्त्रीको पशुपति पूजादेखि रामको कुरा नाटक मात्रै भएको बताए । ‘प्रधानमन्त्री कहिले होली वाइनको कुरा गर्नु हुन्छ, कहिले पशुपति र रामका,’ उनले भने ‘ के यो आपैmंमा बिरोधाभास हैन । यस्तो कुरा कसरी जनताले पत्याउँछन् ।’

ओली सर्वसत्तावादका जन्मदाता प्रचण्ड माधन नेपाल हुन । त्यस्तै फरक प्रशंगमा महामन्त्री कोइरालाले नेपाली राजनीतिमा मौलाउँदै गएको ओली सर्वसत्तावादका जन्मदाता प्रचण्ड र माधव नेपाल नै भएको बताएका छन् ।

उनले ओलीको सर्वसत्तावादको बिरुद्धमा काँग्रेस एक्लैले आन्दोलन गर्ने पनि स्पष्ट पारे । ‘आज प्रचण्ड माधव नेपालले प्रधानमन्त्री ओलीको सर्वसत्तावादका बिरुद्ध संयुक्त आन्दोलन गरौं भनिरहनुभएको छ ।

सर्वसत्तावादका जन्मदाता प्रचण्ड नेपालसँगै आन्दोलनमा सहकार्य हुँदैन,’ उनले भने ‘‘हामी संयुक्त जनआन्दोलनमा जाँदैनौं ।’
विश्वबाट समाप्त भइसकेको कम्युनिष्ट शासनलाई स्थापित गर्नमा नेपाली कांग्रेसले इतिहासमै ठूलो कमजोरी गरेको भन्दै महामन्त्री कोइरलाले कम्युनिष्टलाई सरकारमा ल्याउनका लागि कुनै आन्दोलन नगर्ने बताए ।

नेपाली कांग्रेस चुनावबाट भाग्न नसक्ने भन्दै महामन्त्री कोइरालाले चुनाव हुने अवस्था आएमा चुनावमा भाग लिने स्पष्ट पारे । ‘अहिले चुनाव हुने अवस्था नै छैन । प्रधानमन्त्री ओली चुनाव गराउन चाहेको छैनन् । उनले अलमल्याउने काम गरिरहेका छन् ।

अहिलेको आवश्यकता संसद पुनःस्थापना हो’, महामन्त्री कोइरालाले भने, ‘संसद बिगठनको मुद्दा अदालतमा छ । अदालतको निर्णय अनुसार हामी अगाडि बढ्छौं ।’
उनले ओलीले चालेको कदम असंवैधानिक रहेको भन्दै त्यसको बिरोधमा सबै उत्रन जरुरी रहेको बताए ।

नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, दिपक गिरीलगायतका नेताहरुको सहभागीता थियो ।

पत्रकार सम्मेलनको सहजिकरण युनियनका निवर्तमान सचिव देवेन्द्र बस्नेतले गरेका हुन ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *