२०८० चैत्र १५ गते बिहिवार

खाना बनाउँदा जलेकी महिलाको उपचारका क्रममा मृत्यु


दाङ, माघ ३ । खाना बनाउँदा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । तुुलसीपुर उपमहानगरपालिका वडा नं. १० चैलाहीकी ५५ बर्षीया मिनकला खड्काको गएराति साढे दश बजेतिर पाल्पामा उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

खड्का पुस १० गते विहान घरमै अगेनामा खाना पकाउन बालेको आगोले सारीमा आगो सल्केपछि जलेर गम्भीर घाइते भएकी थिइन । सारीबाट सल्केको आगोले खड्काका दुबै खुट्टा, ढाड लगाएका विभिन्न स्थानमा गहिरो घाउ खत भएको थियो ।

उनलाई उपचारका लागि दाङ, बाँके हुँदै पाल्पासम्म उपचारका लागि लगिएको भएपनि उपचार संभव नभएका कारण गएराति उपचारका क्रममा मृत्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ माघ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *