२०८३ भाद्र २८ गते आइतवार

दुई दिन अघि घरबाटै हराएकी महिलाको शब फेला


दाङ , भदौ २८ ।

दुई दिन अघि सुर्खेतस्थित घरबाट बेपत्ता महिलाको शब बर्दियामा फेला परेको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – ५ चिसापानीकी २७ बर्षीया उमा ज्ञवाली भदौ २५ गते बेलुकी साढे ५ बजेतिर उमा घरबाटै बेपत्ता भएको घर परिवारले जनाएको छ ।


उनको शब बर्दियाको गेरुवा गाउँपालिका –६ सोनाहाफाँटस्थित मनाउदेखि टपरा जाने सिंचाइ कुलोमा शुक्रबार बेलुकी पख फेला परेको थियो ।
गेरुवा – ५ का स्थानीय तिर्थबहादुर सुनारले शब पानीबाट निकालेर प्रहरीलाई खबर गरेका थिए ।


त्यसपछि इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षक भुपेन्द्रकुमार बुढाथोकीको नेतृत्वका टोली घटनास्थल पुगेको थियो ।
सोही प्रहरी टोलीले शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया पुर्‍याएको थियो ।
शनिबार बेलुकी पख श्रीमान सुबाश न्यौपानेले शबको सनाखत गरेका हुन । सुबाशका अनुसार उनकी श्रीमति मृतक उमा मानसिक रुपमा बिरामी थिइन । उनले औषधि पनि सेवन गर्दै आएकी थिइन ।
उमा मृत्यु बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *