काठमाडौं,पुस ७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कमिटी बैठक आज बस्दै छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आईतबार संसद बिघटन गरी मध्यावधि निर्वाचनमा जाने निर्णयको बिरोध गरेको कांग्रेसले आज छलफल गर्ने भएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।
काँग्रेसले संसद विघटनलाई असंवैधानिक भएको बताउँदै आएको छ । ओलीको कदमलगत्तै पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक राखी ओलीको कदमको विरोध गरेका थिए ।
देउवाले अन्य विपक्षी दलसँग सहकार्य गरी प्रतिवादका विषयहरु तय गर्ने जनाएको छ ।
यसबिचमा देउवासँग जनता समाजवादी पार्टीका नेताहरुले भेट गरिसकेका छन् ।
त्यसैगरी सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पनि सानेपा बैठकमा सहभागी भइसकेका छन् ।
आज काँग्रेस, जसपा र नेकपा तीनै दलको केन्द्रीय समिति बैठक पनि बस्दै छ । बैठक आगामी दिनमा कसरी अघि बढ्ने भनी पार्टीको साझा धारणा तयका लागि भएको उनीहरुले जनाएका छन् ।