२०८१ चैत्र १२ गते मङ्गलवार

आजमात्रै १५१३ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज १३ । पछिल्लो २४ घण्टामा एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : २०७७ असोज १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *