२०८३ जेष्ठ २९ गते शुक्रवार

सीमा सुरक्षाका लागि चितवनको दुई स्थानमा सशस्त्रको बीओपी स्थापना

चितवन, असोज १२। भारतसँग जोडिएका सीमा क्षेत्रको सुरक्षाका लागि चितवनमा थप दुई बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।माडी नगरपालिका-९ को कान्छी बगाई र वडा नं १ को भङ्गटामा बीओपी स्थापना गरिएकाको हो ।

यसअघि चितवनको माडी नगरपालिकामा तीनवटा मात्रै बीओपी पोष्ट थिए । थपिएका दुईसँगै पाँच पुगेको छ ।

माडीमै थप एउटा पोष्ट स्थापना गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । यसअघि बाँदरझुला, छरछरे र वाल्मीकि आश्रममा सशस्त्रका अस्थायी पोष्ट थिए ।

नयाँ पोष्ट १५ किलोमिटरको दूरीमा स्थापना भएका छन् । पहिले तीनवटा पोष्ट ३० किलोमिटरको दूरीमा थिए । चितवन जिल्लाको भारतसँग ८८ किलोमिटर खुला सीमा जोडिएको छ । माडीमा भारतसँगको सिमाना जोडिएको धेरै क्षेत्र निकुञ्ज पर्छ ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *