२०८१ चैत्र ३ गते आइतवार

स्वर्गीय मज्गैयाको १३ औँ पुण्य तिथिमा शोक सभा

तुलसीपुर,असोज ११ । स्वर्गीय भैरव मज्गैयाको १३ औँ पुण्यतिथिको अवसरमा नेपाली कांग्रेस तुलसीपुर १८ बिजौरीले शोक सभा गरेको छ । आइतवार मज्गैयाको घरमा एक कार्यक्रमको आयोजना गरि शोक सभा गरेको हो ।

नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का सभापति हिमबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले शिक्षासेवी,समाजसेवी मज्गैयाले समाजसुधारका लागी गरेको योगदान अतुलनिय रहेको बताए ।

सिंगो दाङले एउटा अभिभावक गुमाएको महशुश गरेको उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सदस्य होम बहादुर सेरचन,नेता रामकुमार डाँगी,केन्द्रिय विद्यापिठ बेलझुण्डीका प्रचार्य डा. वंशिधर आचार्य,नेपाल संस्कृत विश्वविद्यालयका बिजौरीका पुर्व शिक्षाविद नारायण आचार्य,जनता विद्या पिठका पुर्व प्रध्यापक किसोर पोख्रेल,बिजौरी उद्योग वाणिज्य सघंका महासचिव बिदुर गौतम,साक्षीखबर पत्रिकाका प्रधानसम्पादक सुनिल पोख्रेल,समाजसेवी देवी प्रसाद मज्गैया,बुद्धिजिवी अरुण अर्याल लगाएतले शोक मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा धन्यावाद ज्ञापन स्वर्गीय मज्गैयाका भाई महेशकुमार शर्माले गरेका थिए भने सहजीकरण रविराज गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *