२०८३ साउन २ गते शनिवार

पिसिआर टेष्ट बन्द गरौं – बेलझुण्डी अस्पतालका सदस्य सचिव डा. शर्मा

दाङ,भदौ १८ दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डा. सर्वेश शर्माले पिसिआर टेष्ट बन्द गर्न माग गरेका छन्  शर्माले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पिसिआर टेष्टको औचित्य माथि नै प्रश्न उठाएका छन्

डा. शर्माले पिसिआर टेष्टमा अर्वौं रुपैंया खर्च भएको अझैंपनि थप खर्च त्यसैमा गरिरहनु राम्रो नभएको धारणा राखेका छन् मानिसहरुखान नपाएर मरिरहेको भन्दै उनले पिसिआर टेष्टमा अर्वौं खर्चिनु गलत भएको बताएका छन् जति धेरै टेष्ट ¥यो उति धेरै कोरोनासंक्रमित फेला पर्ने भन्दै उनले अझैं पिसिआर टेष्ट गर्दै जाँदा खर्च धेरै बढ्ने चिन्ता जाहेर गरेका छन्

डा. शर्माले आफ्नो विचारलाई क्रान्तिकारी विचारको संज्ञादिदै आइसोलेसन निर्माण गर्न नहुने  अब संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङ पनिगर्न नहुने उल्लेख गरेका छ्न त्यस्तै उनले क्वारेन्टाइन निर्माण पनि गर्न नहुने   संक्रमित फेला परे अस्पताल सिल गर्ने जस्ता कामहरुपनि गर्न नहुने बताएका छन्

डा. शर्माले  ज्वरो आएमा, स्वासप्रस्वासमा समस्या भएमा वा अन्य लक्षण भएमा मात्रै अस्पताल जानु पर्ने बताएका छन् पोजिटिभलेपोजिटिभको उपचार गर्नुपर्ने धारणा उनले व्यक्त गरेका छन् लकडाउन मात्रै गर्ने तर अन्य तयारी नगर्ने हो भने लकडाउन निषेधाज्ञा सबैहटाउन उपयुक्त हुने उनको धारणा

कोरोनाले भन्दा अरु कारणले धेरै क्षति भइसकेको उल्लेख गर्दै उनले  धेरै मानिसहरु मरिसकेको देशको आर्थिक अवस्था धरासायीभइसकेको भन्दै चिन्ता जाहेर गरेका छन्

उनले कोरोनाको कारणले मात्र नभइ अन्य धेरै मानिस दीर्घ रोग अन्य रोगको उपचार नपाएर मरिरहेको बताएका छन् नडराएर कोरोनासंगै बाच्न सिक्नु सुझाव दिएका उनले   आफ्नो सुरक्षा आफैं गर्न पनि आग्रह गरेका छन्

प्रकाशित मिति : २०७७ भाद्र १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *