दाङ,भदौ १४ । तुलसीपुरका पहिलो संक्रमित स्वास्थ्यकर्मी (अहेब) खड्गबहादुर बस्नेतले आफुमाथि विभेद भएको गुनासो गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं। ११ अन्तरगत बेलटाकुरा स्वास्थ्य चौकीमा कार्यरत बस्नेतले आइतवार आफ्नो सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै आफुमाथि विभेद अन्याय र तिरस्कार भएको गुनासो गरेका छन् ।
‘म नेपाल सरकार, स्वास्थ्य प्रबद्र्धन शाखा, तुलसीपुर उपमहानगरपालिका र समुदायबाट विभेद, अन्याय र तिरस्कारको अखाडा बन्छु होला भन्ने कल्पना समेत गरेको थिएन,’ अहेब बस्नेतले लेखेका छन् ‘ सायद कल्पना गरेको भए पिसिआर टेष्ट नै गराउदैन थिए, होला ।
चाहिदा सम्म भाडो नचाहिदा ठाँडो भन्ने उखान आज चरितार्थ भयको छ ।’
उलने कोरोना भाइरसलाई सामान्ने रुघाखोकीको संज्ञापनि दिदै संक्रमित भइसकेपछि घर परिवार,इष्ट मित्र तथा समाजबाट समेत तिरस्कार खेप्नु परेको उल्लेख गरेका छन् ।
अहेब बस्नेतले शनिवार मात्रै पहिचान भएका राप्ती प्रादेशिक अस्पतालका दूई चिकित्सकसहित नौं जनालाई होम आइसोलेसनमा राखेको प्रतिपनि चित्त दुखाएका छन् ।
७० लाख खर्च गरेर डाक्टरी पढेको हुँदा चिकित्सकलाई होम आइसोलेसनमा राखेको हुन सक्छ भनेर आफुले चित्त बुझाउन ठाउँ हुन सक्ने उल्लेख गर्दै उनले आफु जस्तै अन्य स्वास्थ्यकर्मीलाई किन होम आइसोलेसनमा राखिएको हो ? भन्ने प्रश्न गरेका छन् । त्यसरी होम आइसोलेसनमा बस्दा समुदायमा नकारात्मक प्रभाव पर्न सक्ने तर्फ उनले सचेत तुल्याएका छन् ।
उनले आफुले पनि होम आइसोलेसनमा बस्ने चाहाना व्यक्त गर्दा जवरजस्ती बेलझुण्डी अस्पताल ल्याएर हुलिएको भन्दै असन्तुष्टि पोखेका छन् ।
अहेब बस्नेतले बेलझुण्डी कोरोना विशेष आइसोलेसन अस्पतालको व्यवस्थापनको पक्षमा पनि प्रश्न उठाएका छन् ।
‘को पहिला आयो,को पछि आयो त्यसको कुनै लेखा जोखा छैन । ट्वालेट एउटै बाथरुम एउटै ७ ÷ जना एउटै रुममा सबै पोजेटिभ भनेर एउटैमा हुलियको हो ?,’ बस्नेतले लेखेका छन् ‘अब भन्नू होस, हामी त कोभिड १९ जितेर घर फर्किउला, तर दिर्घरोगी,वृद्ध र बुढापाखा कसरी कोभिड १९ जितेर फर्किन्छन होला रु मनमा गम्भीर प्रश्न उभिएको छ ।’
त्यस्तै अहेब जिम्मेवार व्यक्तिले नै आफुलाई तैले गर्दा २९ जनाको कन्ट्रयाक्ट ट्रेसिङ गर्नु परेको भन्दै गाली गलौज गर्दै हिड्ने गरेको भन्दै असुन्तुष्टि पोखेका छन् ।
‘मैले गर्दा २९ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्नु प¥यो भनेर जिम्मेवार ब्यक्तिले गाली गर्दै हिड्ने,’ उनले प्रश्न गरेका छन् ‘ के उस्को घरको सम्पत्ति सक्नु परेको छ रु के उस्को पकेट्को पंैसा सकिएको हो रु के म नेपाल सरकारको स्वास्थ्यकर्मी होइन रु कोभिड १९ को विरुद्धमा लडेको ब्यक्ति थिइन रु के स्वास्थ्यकर्मीमाथि राज्यले गर्ने व्यबहार यहि हो ?’
उनले आफुमाथि विभेद भएको भन्दै राजनीतिक दल, जनप्रतिनिधि, सरोकारवाला, स्वास्थ्य महाशाखा, तुलसीपुर उपमहानगरपालिका र पत्रकारलाई सहयोगको लागि अपिल गरेका छन् ।