२०८३ साउन १० गते आइतवार

वीरगञ्जमा थप ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

पर्सा,भदौ १४ ।  वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिनाको बालकसहित ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

हिजो सार्वजनिक गरिएको पीसीआर परीक्षणमा ६ महिनाको बालकदेखि ९७ वर्षका वृद्धमासमेत कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताए ।

सङ्क्रमितमध्ये पर्साका ४७ जना, बाराका ३० जना, मोरङ र काठमाण्डौका एक(एक जना छन । ४ सय ४२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ७९ जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

पर्साका ४७ सङ्क्रमितमध्ये पोखरिया नगरपालिकाका १२ जना र अरु सङ्क्रमित वीरगञ्ज महानगरपालिकाको विभिन्न वडाका छन् ।

यस्तै बाराका ३० सङ्क्रमितमध्ये विश्रामपुरका ३ जना, महागढीमाईका २ जना, जितपुर सिमराका २ जना र बाँकी सङ्क्रमित कलैया उपमहानगरपालिकाको विभिन्न वडाका रहेका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *