२०८१ बैशाख ६ गते बिहिवार

राप्ती अस्पतालका झन्डै १०० जनाको स्वाब आज संकलन गरिदै

दाङ,भदौ १४ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत झन्डै एकसय जना जतिको स्वाब संकलन गरिने भएको छ ।पिसिआर परीक्षण गर्नको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र सबै कर्मचारीको गरि झन्डै एकसय जनाको आइतवार स्वाब संकलन गरिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा। सर्वेश शर्माले बताए ।

अस्पतालमा कार्यरत ९० देखि १ सय जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने उनले बताए ।रिपोर्ट आएपछि पोजेटिभलाई आइसोलेट गरिने र नेगेटिभहरुलाई अस्पतालको सेवामा खटाइने उनले जानकारी दिए । ‘आज स्वाब संकलन सक्छौं र आजको आजै रिपोर्ट आउन संभव नहोला,’ डा। शर्माले भने ‘ सोमवार रिपोर्ट आयो भने मंगलवारदेखि हामी अस्पतालको सेवा सुरु गर्न सोचमा छौं।’

दूई चिकित्सक, तीन स्वास्थ्यकर्मी र तीन जना कार्यालय सहयोगीसहित नौं जनालाई कोरोना संक्रमन पुष्टि भएपछि शनिवार बेलुकादेखि अप्पताल सिल गरिएको छ । अस्पतालले विरामी भर्ना लगाएत सबै सेवा बन्द गरेको छ ।त्यस्तै अस्पताल परिशरको ५० मिटर क्षेत्रदेखि नै अस्पताल सिल गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ भाद्र १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *