२०८३ साउन १ गते शुक्रवार

तुलसीपुरमा ५ सय ७८ टोल सुरक्षा समिति गठन

दाङ,भदौ १२ ।  ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले हालसम्म ५ सय ७८ वटा टोल सुरक्षा समिति गठन गरिएको जानकारी दिएका छन् ।

कोभिड – १९ रोकथाम र नियन्त्रणका लागि प्रहरीले समुदाय सँग मिलेर टोल टोलमा समिति गठन गर्ने अभियानलाई तीव्रता दिन थालेको छ ।

प्रहरी नायव उपरिक्षक सिंहले टोल सुरक्षा समितिको कार्यबिधि तयार पारेर त्यसैका आधारमा टोलहरुमा भेला गरि टोल सुरक्षा समिति गठन गरिएको बताए ।

तुलसीपुरको ६ बिहानी टोलमा प्रहरी सहायक निरिक्षक रमेश बिसीको अगुवाइमा शुक्रबारको भेलाले वडा सदस्य यमुना परियारलाई टोल सुरक्षा समितिको संयोजक तोकेको छ ।

वडा सदस्य पदन संयोजक रहने कार्यबिधि छ ।

त्यस्तै सह–संयोजकमा सोही टोलकी सिता चौधरी,सदस्य सचिबमा राजकुमार थारु,सदस्यमा शान्ति चौधरी,बिकास चौधरी,लक्ष्मी चौधरी,फूलमति चौधरी, मणीराम बिश्वकर्मा र रुकुमी चौधरीलाई चयन गरिएको छ ।

टोल सुरक्षा समितिको सल्लाहकारमा सुशील बस्नेत, प्रेमा चौधरी, मनोज लामिछाने र हिमलाल चौधरीलाई चयन गरिएको छ ।

 

 

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *