२०८१ माघ १२ गते शनिवार

युवा सजगता अभियान दाङको संयोजकमा डाँगी

तुलसीपुर,भदौ १२ ।  युवा सजगता अभियान दाङको संयोजकमा पुर्ण बिक्रम डाँगीलाई चयन गरिएको छ ।

अभियानका केन्द्रिय अध्यक्ष चिन्तन पौडेलले एक विज्ञप्ती जारी गरि यस्तो जानकारी दिएका हुन ।

संयोजक डाँगी गोरखा सेकेन्डरी स्कुल तुलसीपुर निमावी संयोजक,तुलसीपुर नगरजेसीजका कार्यकारणी उपाध्यक्ष,एम्नेष्टी गुप्र ६६ का सहसचिव हुन भने उनी जिल्लाका विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ती पनि हुन ।

उनले आफु जिल्लाको संयोजक भएसगै समाज परिवर्तनका लागी युवाहरुलाई जागरुप बनाउने बताए ।

यसैबिच युवा सजगता अभियान बाँकेका संयोजक भिम पौडेल,कपिलबस्तुको संयोजकमा रामकुमार खांड,रुपन्देहीको संयोजमा विकास महत,गुल्मीको संयोजकमा कृष्णप्रसाद भण्डारी,प्युठानको संयोजकमा रुद्रमणी रेग्मी,अर्घाखाँचीको संयोजकमा सुशील खनाल,रोल्पाको संयोजकमा केशव विष्ट,नवलपरासी पश्चिमको संयोजकमा अधिवक्त झविन्द्र ज्ञवाली ,रुकुमपुर्वीको संयोजकमा मनोरथ घर्ति मगर र पाल्पाको संयोजकमा कृष्ण अर्याललाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *