तुलसीपुर, असार ५ । तुलसीपुरमा करेन्ट लागेर गम्भीर घाइते भएका बिषेश चौधरीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ कुरुरे निवासी २४ बर्षीय चौधरीलाई तुलसीपुर ५ बाहिनी चोकमा विद्युत पोलमा कामगर्ने क्रममा विहीवार करेन्ट लागेको थियो ।तुलसीपुरको ५ नम्वर वडा कार्यालयले आफ्नो वडा भित्रका पोलहरुमा विजुली बत्ति जडान गर्न थालेको छ । जस्को जिम्मा चौधरीले लिएका छन् । सोही क्रममा चौधरीलाई करेन्ट लागेको थियो । करेन्टवाट उनको दुबै हातमा गहिरो घाउ बनेको छ ।
करेन्टवाट घाइते भए लगतै चौधरीलाई उपचारका लागि राप्ती लाईफ केर हस्पिटलमा लगिएको थियो । त्यहाँबाट उनलाई बाँकेको नेपालगञ्ज स्थित नर्सिङ होममा रिफर गरिएको थियो ।त्यहाँपनि उपचार संभव नभएपछि थप उपचारको लागि विहीवार नै उनलाई काठमाडौं रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार