
दाङ, जेठ ११ ।
रुकुम पश्चिममा फरक / फरक ब्यक्तिले दिएका दुई बालात्कार मुद्दामा सहोदार दाजु भाइ पक्राउ परेका छन् ।
जिल्लाको सानीभेरी गाउँपालिका – ९ का दाजु–भाइ बलात्कार मुद्दामा पक्राउ परेका हुन ।
गत बैशाख ११ गते १८ बर्षीया बुहारीले जाहेरी दिएपछि २४ बर्षीय जेठाजु पक्राउ परेका थिए । बुहारीको जाहेरी पछि पक्राउ परेका जेठाजुलाई जिल्ला अदालतले बैशाख २९ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश भए अनुसार उनी कारागार पठाएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरि पुनले बताए ।
आँफु माथि जेठाजुले गरेको यौंन अत्याचार बारे थाहाँ पाएपछि छिमेकी देश भारतमा कमाउन भनेर गएका उनका २३ बर्षीय श्रीमान घर फर्किएका थिए ।
तर, उनी माथि पनि स्थानीय एक जना १७ बर्षीया किशोरीले आँफुमाथि बलात्कार गरेको भन्दै बैशाख २८ गते किटानी जोहरी दिइन । त्यो जोहरी पछि बैशाख २८ गते नै प्रहरीले २३ बर्षीय युवकलाई पनि पक्राउ गरेको हो । प्रहरी निरीक्षक पुनका अनुसार पछिल्लो समय पक्राउ परेका २३ बर्षीय भाइलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान जारी छ ।
