२०८२ माघ १० गते शनिवार

एक्शनमा विजौरी उवासंघ, कालोबजारी गरे कारवाही गरिने


बिजौरी,चैत्र २३ । विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन आग्रह गर्दै उपभोक्ताहरुको खाद्य अधिकारलाई समेत व्यवस्थित गर्ने उद्देश्यले आइतवार विजौरी उद्योग वाणिज्यसंघ एक्सनमा उत्रिएको छ ।

त्यसक्रममा उद्योगवाणिज्यसंघको कार्यक्षेत्रभित्रका बजार अनुगमन गरिएको छ । बिजौरी उद्योग वाणिज्य संघको अगुवाइमा स्थानीय प्रहरी तथा सञ्चारकर्मिहरुको संयुक्त टोलिले बिजौरी उद्योग वाणिज्यसंघ माताहतका बजार क्षेत्रको अनुगमन गरिएको हो । त्यसक्रममा उपभोक्तालाइ चर्कोमुल्यमा सामान बिक्रिवितरण गरेको पाइएमा तत्काल कारवाहि गर्ने चेतावनी समेत दिइएको छ ।

अनुगगमनका क्रममा बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगी, उपाध्यक्ष बालकृष्ण रेग्मी, महासचिव विदुर गौतम, सदस्यहरु रेश्मीराज खड्का, शिव खत्री, इलाका प्रहरी कार्यालय हेमन्तपुरका प्रमुख सइ इन्द्र पाल, पत्रकार महासंघ दाङका सदस्य राकेश बस्नेत, पत्रकारहरु शुनिल पोख्रेल, खेमराज रिजाल लगायतको टोलि सहभागि थिए । अनुगमनका क्रममा बजारमा ताेिकएको समयमा मात्र दैनिक उपभोग्य सामाग्रिहरुको बेचविखन गर्ने, यसरी बेचविखन गर्दा भिडभाड नहुनेगरी सामाजिक दुरी कायम गर्ने, किनमेलमा आउँदा सवारीसाधनको प्रयोग नगर्ने विषयमा उपभोक्ता र व्यापारीहरुलाई सुझाव दिइएको थियो ।

त्यसैगरी विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन बजार सरसफाइमा ध्यान दिने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, तोकिएको मुल्यमा दैनिक उपभोग्य सामाग्रिहरुको विक्रिवितरण गर्ने, सामान लुकाएर कालोबजारी नगराउने लगायतका विषयमा व्यवसायीहरुलाई आग्रह गरिएको थियो । त्यसैगरी दैनिक उपभोग्य अत्वावस्यक सामाग्रिहरु वाहेक अन्य व्यवसाय लकडाउन अवधिभर बन्द गर्न समेत व्यवसायीहरुलाइ आग्रह गरिएको महासचिव बिदुर गौतमले जानकारी दिए।

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *