२०८१ फाल्गुन ६ गते मङ्गलवार

पोखरा प्रिमियर लिग फाइनलको लागि पारस खड्का र शरद भेषवाकर भिड्दै

आज हुने फाइनल खेलमा पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टिम पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा गर्दैछन ।

कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन र शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा आमनेसामने हुदैछन् खले पोखरा रंगशालामा हुदैछ ।

लिग चरणको खेलमा भने पोखरा पल्टनले ५ विकेटले चितवनलाई पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

आजको फाइनल खेलमा भने कप्तान पारसको टिम चितवन बदला लिने दाउँमा छ तर पोखरा भने आफ्नो जितलाई निरन्तरता दिदै उपाधि उचाल्ने रणनीतिमा छ ।

पीपीएल प्रतियोगिता विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ ।

प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *