२०८२ असार ७ गते आइतवार

साफ यु-१९ च्याम्पियनसिपमा नेपालले श्रीलंकासँग खेल्दै


काठमाडौं,बैशाख २८ । भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यु-१९ च्याम्पियनसिपमा नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा आज श्रीलंकासँग खेल्दैछ ।

समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ ।

नेपालले श्रीलंका विरुद्ध जित हासिल गरे एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

नेपाल रहेको समूह बी को पहिलो खेलमा भारतले श्रीलंकालाई ८-० को फराकिलो अन्तरले पराजित गरिसकेको छ ।

राम थापाको कप्तानीमा रहेको नेपाल सामु श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउने अवसर छ ।

समूहको अन्तिम खेल नेपाल र भारतबीच मंगलबार हुनेछ । आजै समूह बी अन्तर्गत बंगलादेश र भुटानबिको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

समूह ए को पहिलो खेलमा बंगलादेश र माल्दिभ्सले २-२ को बराबरी खेलेका थिए ।

समुह चरणको खेलपछि दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

साफमा यस उमेर समूहमा नेपाल र श्रीलंका हालसम्म दुई पटक खेलेकोमा नेपाल अपराजित छ । नेपालले यसअघिका दुवै खेल जितेको थियो ।

सन् २०२२ मा भएको साफ यु–२० च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

यस्तै गत वर्ष घरेलु मैदानमै भएको साफ यू-२० च्याम्पियनसिपमै नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *