२०८३ भाद्र ११ गते बिहिवार

टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं,चैत ३१ । हङकङमा जारी चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

फाइनल खेल हङकङको मङ कोक क्रिकेट मैदानमा आइतबार बिहान ११ बजेर १५ मिनेटमा सुरु हुनेछ। शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि खेल पुनः सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन्। यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो।

चार अङ्क बनाएको कुवेत तेस्रो स्थानमा रहँदै नेपालसँग फाइनल प्रतिस्पर्धाका लागि तयार भएको हो। नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो।

दोस्रो खेलमा कुवेतले नेपाललाई दिएको १८६ रनको चुनौतीपूर्ण लक्ष्य १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो।

समान खेलबाट तीन अङ्क बनाएको हङकङ तेस्रो स्थानमा रह्यो। तेस्रो स्थानका लागि आयोजक हङकङ र कतारले अहिले प्रतिस्पर्धा गरिरहेका छन्। कतारले टस जितेर फिल्ड रोजेपछि हङकङले ब्याटिङ सुरु गरेको हो।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *