२०८३ असार २७ गते शनिवार

चारदेशीय टी–२० आई सिरिज : शुक्रबार नेपालले दोस्रो खेल खेल्दै


काठमाडौं,चैत २८ । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले शुक्रबार दोस्रो खेल खेल्दैछ।

हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो। पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो ।

बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ।

आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् ।

यो खेल नेपाली समयानुसार बिहान ११:१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *