दाङ, जेठ ३० । बर्षाका कारण नेपाल र श्रीलंका बीचको आइसिसी टी –२० विश्वकप २०२४ रद्द गरिएको छ ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशालामा हुने भनिएको खेल भारी बर्षाका कारण रद्द गरिएको हो ।
खेल रद्द भएपछि नेपाल र श्रीलंकाले समान एक –एक अंक पाएका छन । अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेश संग प्रतिष्पर्धा गर्नु पर्ने छ ।
यी दुवै टिमलाई हराउन सकेमा मात्रै नेपाल सुपर – ८ मा पुग्न संभव हुने छ । दुई खेलमा पराजय बेहोरी सकेको श्रीलंका भने तीब्र दबाबमा छ ।
केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले नै रंगशाला आइपुगेका थिए।
श्रीलंकाविरूद्धको खेलअघि अन्तिम अभ्यासका लागि सेन्टर ब्रोवार्ड काउन्टी रंगशालामा भेटिएका नेपालका कप्तान रोहितकुमार पौडेलको पनि मौसमकै चिन्ता थियो।
प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार