२०८१ बैशाख १५ गते शनिवार

म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

काठमाण्डौ,चैत ५ । म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा लिभरपुललाई थप भएको समयमा ४–३ ले हराएर म्यान्चेष्टर युनाइटेड अन्तिम चारमा पुग्न सफल भएको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । म्यान्चेस्टर युनाइटेडको यो जितसँगै एफए कपको सेमीफाइनल समीकरण समेत पुरा भएको छ ।

सेमिफाइनलमा युनाइटेड सहित म्यानचेस्टर सिटी, चेल्सी र कोभेन्ट्री सिटी छन् ।

यसअघि हिजै भएको खेलमा लेस्टर सिटीलाई ४–२ ले हराएर चेल्सी सेमीफाइनलमा प्रवेश गरेको हो । त्यस्तै उल्भ्सलाई जितेर कोभेन्ट्री सिटी सेमीफाइनलमा पुगेको थियो ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *