२०८१ बैशाख २२ गते शनिवार

साफ यु–१६ महिला च्याम्पियनसिप ः नेपालले आज भारतसँग खेल्दै

काठमाडौँ,फागुन २४ । १६ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले आज भारतसँग खेल्दैछ । फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा शुरु हुनेछ ।

फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ । बङ्गलादेश लगातार दुई खेल जित्दै फाइनलमा पुगिसकेको छ ।

दुई अङ्क भएको भारत दोस्रो स्थानमा र समान दुई अङ्क भएको नेपाल गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । दुवै खेल हारेको भुटान अङ्कविहीन हुँदै बाहिरिसकेको छ । फाइनल खेल आउँदो आइतवार हुनेछ ।

यसअघि १५ वर्षमुनिको उमेर समूहमा आयोजना हुँदै आएको प्रतियोगिता यो संस्करणदेखि १६ वर्षमुनिको उमेर समूहमा भएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *