२०८२ बैशाख ७ गते शनिवार

आफ्नै कीर्तिमान सुधार गर्दै जयनारीले जितिन् स्वर्ण

कास्की,असोज ३० । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा जारी एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण हात पारेकी छन्।

पोखरा रंगशालामा आइतबार बिहान जयनारीले निर्धारित दूरी १ मिनेट ४।१३ सेकेण्डमा पूरा गर्दै नयाँ कीर्तिमानसहित स्वर्ण हात पारेकी हुन्।

सो स्पर्धामा एपिएफकी भागरती कुमारी थारुले १ मिनेट ६।६ सेकेण्डको समयसहित रजत र एपीएफकै कल्पना श्रेष्ठले १ मिनेट ६.५१ सेकेण्डको समयसहित कास्य हात पारिन्।

गत असारमा काठमाडौँमा भएको ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा जयरानीले १ मिनेट ७।२ सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। त्यतिबेला उनले ८ वर्ष पुरानो सविता चौधरीको कीर्तिमान तोडेकी थिइन्।

खेलपछि जयरानी थारुले आफूलाई स्वर्ण जित्नेमा विश्वस्त रहेको बताइन्।

उनले भनिन् ‘म आफ्नो कीर्तिमान सुधारका लागि नै प्रयास गरेको थिएँ। सोचेभन्दा राम्रो प्रदर्शन हुँदा खुसी छु’, उनले भनिन् ‘मेरो इभेन्टमा प्रतिस्पर्धा कम हुने भएकाले स्वाभाविक रूपमा स्वर्णको दाबेदार थिँए।’

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *