२०८२ बैशाख ११ गते बुधवार

एसियन कप छनोटका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौँ,बैशाख २ । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ ।

नेपाली टोलीले दशरथ रङ्गशालामा प्रशिक्षण सुरु गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।

पहिलो दिन आज कप्तान किरण चेम्जोङ उपस्थित नभएको एन्फाले जनाएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालले छनोट खेल कुवेतमा खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा हुने एसियन कप–२०२३ मा छनोट हुनेछन् ।

छनोट खेल आउँदो जुन ८ देखि १४ सम्म हुनेछन् । नेपालले जुन ८ मा जोर्डनसँग, जुन ११ मा कुवेतसँग र जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ।

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *