९ मंसिर । लिग लिडर बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पाहुना टोली बार्सिलोना एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरीमा रोकिएको हो । एट्लेटिको मड्रिडका लागि डिएगो कोष्टाले गोल गरेका थिए । यता, बार्सिलोनाका लागि भने ओसुमाने डेम्बेलेले गोल गरेका थिए ।
कोष्टाले खेलको ७७औं मिनेटमा गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए । आफ्नो अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनासँग एट्लेटिको मड्रिडले अंक बाड्न पुगेको हो । बार्सिलोनाका लागि खेलको ९०औं मिनेटमा डेम्बेलेले गोल हार बाट जोगाए ।
बराबरीसँगै बार्सिलोनाको १३ खेलबाट २५ अंक भएको छ । त्यस्तै, एट्लेटिको मड्रिडको १३ खेलबाट २४ अंक भएको छ ।
प्रकाशित मिति : २०७५ मङ्सिर ९ गते आइतवार