
बुधबार राति वाशिंगटन डी.सी. नजिकै अमेरिकी एयरलाइन्सको विमान र अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर आकाशमा ठोक्किँदा पोटोम्याक नदीमा दुर्घटना भएको छ। दुर्घटना स्थानीय समयअनुसार राति ९ बजे रोनाल्ड रेगन वाशिंगटन नेशनल एयरपोर्टको रनवे ३३ मा अवतरण गर्ने क्रममा भएको हो।
अमेरिकी एयरलाइन्सको वक्तव्य अनुसार, पीएसए एयरलाइन्सद्वारा सञ्चालित बम्बार्डियर सीआरजे ७०० क्षेत्रीय जेटमा ६० यात्रु र ४ चालक दलका सदस्य थिए। विमान विचिटा, कान्सासबाट वाशिंगटन डी.सी.तर्फ गइरहेको थियो।
अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरमा तीन सैनिक सवार थिए।
दुर्घटनापछि पोटोम्याक नदीमा खोज तथा उद्धार कार्य जारी छ। सीबीएस न्यूजलाई उद्धृत गर्दै रोयटर्सले १८ जनाको शव नदीबाट निकालिएको जनाएको छ।
अहिलेसम्म दुर्घटनाको कारणबारे थप विवरण उपलब्ध भएको छैन। अधिकारीहरूले अनुसन्धान जारी राखेका छन् ।