२०७७ मङ्सिर १० गते बुधवार

मुम्बईको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु

पुस ३ । भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् । १४७ जनालाई भने उद्धार गरिएको छ । सोमबार साँझ मुम्बईको अँधेरीस्थित ईएसआईसी अस्पतालमा आगलागी भएको हो ।

उद्धारकार्य जारी रहेको बेला एक जनाको सिँढीमा लडेर र अन्य पाँच जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पतालमा फसकेकाहरुलाई भर्‍याङ राखेर उद्धार गरिएको थियो ।

आगलागीको कारण खुलेको छैन तर, विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । स्वास्थ्यमन्त्री दीपक सावन्तले घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन् । आगो नियन्त्रणमा लिन कम्तिमा १० दमकल  १५ वटा पानी ट्यांकर, अन्य विशेष उपकरण र अग्नि नियन्त्रकहरु खटिएका थिए । एजेन्सी

प्रकाशित मिति : २०७५ पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *