२०८१ बैशाख ७ गते शुक्रवार

फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक कुदेपछी कम्तिमा १३ जनाको मृत्यु

नयाँदिल्ली, माघ ६। भारतीय राज्य गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ।भारतीय सञ्चारमाध्यमहरूले जनाए अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो।

उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए। दुर्घटनामा घाइते भएका अरूलाई अस्पताल लगिएको छ। एजेन्सी

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *