कार्तिक १८ । गुगल क्रोम ब्राउजर अहिले विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । विश्वमा क्रोम ब्राउजरका करोडौँ प्रयोगकर्ताहरु छन् । क्रोम ब्राउजर प्रयोगकर्तालाई ब्राउजरको लेटेस्ट भर्सन अपडेट गर्न आग्रह गरेको छ ।
गुगलले क्रोमका लागि ह्याकिङ प्रतिरोधी सफ्टवेयर जारी गरेको छ । क्रोममा उक्त सफ्टवेयर अपडेट गर्नाले वेब ब्राउजरमा ह्याकिङको जोखिम नहुने गुगलले जनाएको छ । ब्राउजर अपडेट नगर्दा क्रोमबाट लगइन गरिने अकाउन्टहरु ह्याक हुने जोखिम हुन्छ ।
पूरानो भर्सनको क्रोम ब्राउजरमा पछिल्लो समयमा ह्याकिङको खतरा लगातार बढ्दै गएको छ । ह्याकरहरुले सजिलैसँग ब्राउजर मेमोरीमा स्टोर भएका डाटालाई करप्ट गर्ने वा मोडिफाइ गर्न सक्दछन् । साथै ह्याकरहरुले यस मार्फत प्रयोगकर्ताको डिभाइससम्मै भर्चुअल पहुँच कायम गर्दछन् । सोही खतरालाई हटाउनका लागि क्रोम ब्राउजरमा नयाँ अपडेट लागू गरिएको गुगलले जनाएको छ । केही दिनभित्रैमा यो अपडेट सबै प्रयोगकर्तालाई उपलब्ध हुने गुगलको भनाइ छ । एजेन्सी