सामाजिक संजाल फेसबुकले नयाँ भिडियो एप ल्याएको छ ।
अहिलेको युवापुस्ता माझ लोकप्रिय बनिरहेको टिकटक एप लाइ अब फेसबुकले आफ्नो एक मार्फत प्रतिस्पर्धी गर्दैछ । फेसबुकले आफ्नो लास्सो एप सार्बजनिक गरेको छ ।
प्रयोगकर्ताले टिकटकमा जस्तै फिल्टर्स तथा विशेष इफेक्टसहितका छोटो फर्म्याटका भिडियो तयार पार्न र शेयर गर्न सक्ने छन् ।
फेसबुकका अनुसार नयाँ भिडियो एप लास्सो अहिले अमेरिकी प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको छ ।
फेसबुकका अनुसार यो एप निशुल्क रुपमा एन्ड्रोइड र आइओएस दुबै प्लाटफर्ममा उपलब्ध छ । प्रयोगकर्ताले आफ्नो इस्टाग्राम वा फेसबुक अकाउन्टबाट यो एपमा लगइन गर्न सक्दछन् ।
प्रकाशित मिति : २०७५ कार्तिक २६ गते सोमवार